बालेनविरुद्ध अदालत पुगे निजी विद्यालय

मंगलबार, वैशाख १८, २०८१

 काठमाडौं -  काठमाडौं महानगरभित्रका निजी तथा आवासीय विद्यालयको नाम नेपालीपन आउनेगरी राख्न महानगरपालिकाले दिएको निर्देशनविरुद्ध सञ्चालकहरु सर्वोच्च अदालत पुगेका छन्।

 निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) आबद्ध करिब २० विद्यालय सञ्चालकले कामपाले दिएको निर्देशन पूर्ण रूपमा गलत भएको उल्लेख गर्दै  अदालत पुगेका हुन् । विद्यालयलले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १५४ को १ र कामपा विद्याललय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० विरुद्धमा मुद्दा दायर गरिएको जनाइएको छ ।

महानगरले सबै विद्यालयको नाम नेपालीमा हुनुपर्ने भन्दै गत चैत २१ गते सबै विद्यालयलाई नाम परिवर्तन गर्न पत्र पठाएको थियो । काठमाडौं महानगर भित्र रहेका २ सय ३४ विद्यालयको नाम अंग्रेजीका राखेकाले नेपालीमा राख्न भनेको थियो । महानगरले चैत २७ गतेभित्र कार्यालयमा सम्पर्क गरी मौलिक नामकरण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । महानगरका अनुसार २ सय ३ विद्यालयले भने महागरमा नयाँ नाम राख्न जवाफ पठाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्