सुदूरपश्चिम मुख्यमन्त्री नागरिक उन्मुक्तिलाई दिने गठबन्धनमा सहमति

आइतबार, वैशाख २, २०८१

कैलाली- सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भएको छ ।

आइतबार बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा नाउपालाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको हो ।

बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागि थिए ।

नाउपा अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई दलको नेता तोक्दै उनैलाई मुख्यमन्त्रीमा अघि सारेकी छिन्।

सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो । चौधरीले आजै दाबी पेस गर्नेछन्।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्