धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

आइतबार, वैशाख २, २०८१

काठमाडौं- धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै ट्रकमा सवार अन्य ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न भने बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्