सन् २०२४ मा एशिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धि ४ दशमलव ५ प्रतिशतले वृद्धि हुने

मंगलबार, वैशाख १८, २०८१

 अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यस वर्ष एशिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धि चार दशमलव पाँच प्रतिशत रहने जनाएको छ ।

आज आईएमएफले सिङ्गापुरमा आयोजना गरेको आफ्नो ‘क्षेत्रीय आर्थिक दृष्टिकोण एशिया र प्रशान्त’ कार्यक्रममा यो वर्ष आर्थिक वृद्धि केही घट्ने बताएको हो । सन् २०२३ मा एशिया–प्रशान्त क्षेत्रको आर्थिक वृद्धि पाँच प्रतिशत थियो ।

एशिया–प्रशान्त विश्वको सबैभन्दा गतिशील क्षेत्र रहने अपेक्षा गरिएको छ । यो क्षेत्रले सन् २०२४ मा विश्वव्यापी वृद्धिको लगभग ६० प्रतिशत योगदान पु¥याउने प्रतिवेदनमा उल्लेख छ ।

युरोप र संयुक्त राज्य अमेरिकामा अपेक्षितभन्दा बलियो वृद्धिले एशियाका निर्यातकर्ताहरूमा वृद्धि ल्याउने तर बढ्दो भू–आर्थिक विभाजन र भू–राजनीतिक तनावले यस क्षेत्रको मध्यम–अवधिको वृद्धिमा गम्भीर नकारात्मक असरहरू उत्पन्न भइरहेको आईएमएफले बताएको छ ।

आईएमएफले केन्द्रीय बैंकहरूले लक्ष्यमा मुद्रास्फीति सहज रूपमा फर्किने कुरा सुनिश्चित गर्नुपर्ने र नीति निर्माताहरूले अनुमानित ब्याज दर चालहरूमा अत्यधिक निर्भर निर्णयहरू गर्नबाट जोगिनुपर्ने सुझाव दिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २२:०४
प्रतिक्रिया दिनुहोस्