बढ्यो नेपालीको प्रतिव्यक्ति आय

मंगलबार, वैशाख १८, २०८१

काठमाडौँ - नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ ।


गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो ।

पर्यटन आवागमनमा देखिएको सकारात्मक प्रभाव लगायतका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्