सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी

आइतबार, वैशाख २, २०८१

काठमाडौँ - सत्तारुढ गठबन्धन दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ ।

सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्