कतारका अमीर नेपाल आउँदै, ११ सम्झौतामा हस्ताक्षर हुने

आइतबार, वैशाख २, २०८१

काठमाडौं - कतारका अमिर शेख तामिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । उनी यहि बैशाख ११ र १२ गते नेपाल भ्रमणमा आउने भएका हुन् । यसअघि गत वर्ष कात्तिक २० र २१ गते हुने भनिएको अमिरको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो ।

कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले इतिहासमै पहिलोपटक खाडी मुलुकबाटै राष्ट्रप्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको बताए । भ्रमणका क्रममा अमीरले राष्ट्रपति रामचन्द्र पौडेल लगायत अन्य उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा विभिन्न ११ वटा सम्झौता गर्ने तयारी समेत भएको उनले बताए ।

नेपालीहरूको प्रमुख गन्तव्यमध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्