अन्तर प्रदेश खेलकुदः पुरुष क्रिकेटको उपाधि गण्डकीलाई

शनिबार, वैशाख १, २०८१

भरतपुर - प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको उ

    गण्डकीले दिएको दुई सय दुई रनको लक्ष्य पछयाएको मधेस प्रदेश १८ दशमलव एक ओभरमा  एक सय ६० रनमै अलआउट भयो । मधेसका लागि पवन सर्राफले ३५, विशाल सुस्लिङले २७ रन बनाए भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

    गण्डकीलाई जित दिलाउन अमृत गुरुङले तीन दशमलव एक ओभर बलिङ गर्दै जम्मा छ विकेट लिँदै १८ रन खर्चिए । साथै अङ्कित न्यौपानेले दुई र कमल परियारले एक विकेट लिए । 

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश सन्दीप क्षेत्रीको विष्फोटक ४७ रनको पारीमा आठ विकेटको क्षतिमा दुई सय एक रन बनाएको थियो । करन पङ्गेनीले ४३, दिनेश बुढामगरले ३३ रन बनाए । 

    मधेसका लागि विशाल पटेलले तीन, रुपेश सिंह र रञ्जित कुमारले समान दुई÷दुई विकेट लिए ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्