आज तीन संसदीय समितिको बैठक बस्दै

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं - संघीय संसदअन्तर्गत आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार शिक्षा, बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।


बैठकमा शान्ति प्रकृया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारवाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाहरु र बुटवल–नारायणगढ सडक, नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुनेछ ।

त्यस्तै स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्दैछ । बैठकमा सार्वजनिक सेवा प्रशारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्