उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द हुने

मंगलबार, चैत २७, २०८०

काठमाडौँ- निर्वाचन आयोगले बैशाख १५ गते उपनिर्वाचन हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

उपनिर्वाचन हुन् इलम-२ र बझाङको १(१) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नु पर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ ।

साथै आयोगले उपनिर्वाचन हुने क्षेत्रमा बैशाख २ गते देखि नै मत गणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्न समेत सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्