नेपाललाई तेस्रो सफलता, कुशल भुर्तेलले लिए २ विकेट

बिहीबार, वैशाख २०, २०८१

काठमाडौं- तेस्रो टी–२० खेलेमा वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

कुशल भुर्तेलले व्यक्तिगत दोस्रो विकेट लिएका छन् । उनले १४औँ ओभरको दोस्रो बलमा केसी कार्टीलाई ४ रनमा आउट गरेका हुन् ।

यसअघि कुशलले १०औँ ओभरको अन्तिम बलमा जोनसन चार्ल्सलाई ५८ रनमा आउट गराएका थिए ।

नेपालका लागि प्रतिश जिसीले दोस्रो ओभरको पहिलो बलमा सफलता दिलाएका थिए । उनले वेष्ट इन्डिज ‘ए’ का एलिक अथान्जलाई ५ रनमा आउट गरेका हुन् ।

वेष्ट इन्डिज ‘ए’ले १४ ओभरको खेल सकिदा ३ विकेट गुमाएर १२८ रन जोडेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्