काँग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दै

मंगलबार, चैत २७, २०८०

काठमाडौँ - नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । 


 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्