काठमाडौँ महानगरले नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

शनिबार, वैशाख २२, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ । 

महानगरपालिकाले आज एक सूचना जारी गरी महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि लोक सेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको हो । 


इच्छुक उम्मेदवारले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेस गर्न सकिने सूचनामा उल्लेख छ ।

image-11-1714790504.webp

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्