भिसामा कडाइ गर्दै न्यूजिल्याण्ड

सोमबार, चैत २६, २०८०

काठमाडौँ- न्यूजिल्याण्डका अन्तर्राष्ट्रिय आप्रवासनको चाप थाम्नै नसकिने तहमा पुगेको भन्दै अब भिसामा कडाइ गरिने सरकारी अधिकारीहरूले बताएका छन् ।

बीबीसीका अनुसार अब अल्पदक्ष कामदारहरूले न्यूजिल्याण्डमा आउँदा अङ्ग्रेजी भाषाको दक्षताका प्रावधानहरूका साथै तीन वर्ष मात्रै बस्न पाउनेछन्। यस अगाडि कामको भिसामा आउनेहरूले पाँच वर्ष बस्न पाउने प्रावधान रहेको थियो । गत वर्ष न्यूजिल्याण्डमा एक लाख ७३ हजार जना प्रवेश गरेका थिए ।

५३ लाख जनसङ्ख्या भएको देशमा यो आँकडा अहिलेसम्मकै सबैभन्दा धेरै भएको बताइएको छ । बेल्डर तथा फिटर जस्ता विभिन्न ११ पेशालाई आवासीय भिसा दिने प्रावधान समेत हटाइएको छ ।

गत वर्ष न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लुक्सनले आप्रवासन थाम्नै नसकिने तहमा पुगेको सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्