राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण

आइतबार, वैशाख २३, २०८१

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश गरिएको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक आइतबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।    

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्