सदनमा कांग्रेसको आरोप– रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगी अनुसन्धान रोकियो

मंगलबार, चैत २०, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि सहकारी ठगीको अनुसन्धान रोकिएको नेपाली कांग्रेसले आरोप लगाएको छ। 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले संसदीय समिति बनाएर सहकारी ठगी अनुसन्धान गर्नुपर्ने बताए। 
गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेका बेला भएको ठगीको अनुसन्धान गृहमन्त्री लामिछानेले प्रभावित बनाएको उनको आरोप थियो। 

यति मात्र होइन, यादवले रास्वपाका उपसभापति तथा श्रममन्त्री डीपी अर्याल उपाध्यक्ष रहेका बेला हाम्रो नयाँ कृषि सहकारीको रकम समेत अपचलन भएको विषयमा छानबिन हुनुपर्ने बताए। 

सोही प्रकरणमा रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी समेत जोडिएको यादवको आरोप थियो। उनले छानबिनका लागि संसदीय समिति नै आवश्यक रहेको दाबी गरे।
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्