शेयर बजारमा सामान्य गिरावट, २ अर्ब ८७ करोडको कारोबार

सोमबार, चैत १९, २०८०

आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव २६ अंकले घटेर २,०१२ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४७ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज शिवम् सिमेन्टको ११ करोडमाथिको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र माइखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्तका लगानीकर्ताले ९ दशलमव ४४ प्रतिशतका दरले कमाएका छन् । तारागाउँ रेजेन्सीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्