सुनको मूल्य फेरि हालसम्मकै उच्च, तोलामा १६ सयले बढ्यो

सोमबार, चैत १९, २०८०

काठमाडौं- आज सुन चाँदीको भाउ बढेको छ ।

गत आइतबार सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेर १ लाख ३१ हजार ६ सयमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख ३० हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि बढेर प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्