वेस्ट इन्डिजविरूद्ध नेपालका दुवै ओपनर आउट
काठमाडौं- वेस्ट इन्डिजविरूद्ध जितका लागि २१० रनको लक्ष्य पछ्याएको नेपालले दुवै ओपनर गुमाएको छ।
त्रिवि मैदान कीर्तिपुरमा पहिलो ओभरको दोस्रो बलमा नेपालले पहिलो विकेटका रूपमा आसिफ शेखलाई गुमाएको थियो।
उनी म्याथ्यु फोर्डीको बलमा बोल्ड भएका हुन्।
४.१ ओभरमा अर्का ओपनर कुशल भूर्तेल आउट भए। ५ बल खेलेका भूर्तेल १ रन बनाएर आउट भएका हुन्।
भूर्तेलको विकेटपछि कुशल मल्ल ब्याटिङमा आएका छन्।
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१ १४:३७
प्रतिक्रिया दिनुहोस्