यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

सोमबार, चैत १९, २०८०

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३३.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.३८ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.१० रुपैयाँ रहेको छ भने बिक्री दर १६८.८६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२३ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.५० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३१ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्