सुन चाँदीको मूल्य आज स्थिर

आइतबार, चैत १८, २०८०

काठमाडौं-आज आइतबार सुन चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको हो।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको ्महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्