भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

शुक्रबार, चैत १६, २०८०

भारत -  भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ ।

सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि रामबनका उपआयुक्त बसीर–उल–हकसँग कुरा गरेको र आफू निरन्तर सम्पर्कमा रहेको बताउनु भएको छ । उहाँले रामबन क्षेत्रमा भएको दुर्घटनाबाट आफू दुःखित भएको बताउँदै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।  

प्रहरी, राज्य विपद् प्रतिक्रिया बल र नागरिक द्रुत प्रतिक्रिया टोलीले संयुक्त उद्धार गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्