आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए सानदार शतक

शुक्रबार, चैत १६, २०८०

काठमाडौँ- आयरल्याण्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए सानदार शतक प्रहार गरेका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा जारी खेलमा वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट लोकेशले ५२ बलमा आठ चौका र आठ छक्कासहित १०० रन पूरा गरे ।

नेपाल ‘ए’ बाट ट्वान्टी-२० क्रिकेटमा कुनै पनि ब्याटरले बनाएको यो पहिलो शतक हो । यसअघि ‘ए’ टिमले क्यानडा-११ सँग खेल्दा एकदिवसीय क्रिकेटमा अनिल साहले शतक बनाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्