आयरल्याण्ड वोल्भ्सविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल ए

शुक्रबार, चैत १६, २०८०

काठमाडौँ- नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुदैछ ।

यस खेलमा नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला ब्याटिंग गर्ने भएको छ ।   

यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार आज पहिलो खेल हुन थालेको हो ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्