नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज

शुक्रबार, चैत १६, २०८०

काठमाडौ - नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ ।

यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका सार्बजनिक गरेको थियो ।

जस अनुसार टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ । यो खेल टियु मैदानमा अपराहन्न १ बजेदेखि हुने क्यानले जानकारी दिएको छ ।

नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्