कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव फेला

बिहीबार, चैत १५, २०८०

धनगढी- कैलालीको चिसापानी स्थित कर्णालीपुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम्फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए ।

शाहीको शव आज (बिहीवार) टीकापुरको सन्कट्टी घाटमा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्