नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द

बिहीबार, चैत १५, २०८०

काठमाडौँ- नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ ।

लगातारको बर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।

टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि शुरु हुने तालिका रहेको थियो  । 

नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी-२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्