फिफा विश्वकप : बहराइनसँग नेपाल ३-० ले पराजित

बुधबार, चैत १४, २०८०

काठमाडौँ -  फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल ३-० गोल अन्तरले पराजित भएको हो ।

हराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए। नेपालले तिनै गोल पहिलो हाफमा खाएको थियो। दोस्रो हाफ भने गोलरहित सकिएको थियो। 


जितसँगै  बहराइन समूह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ। नेपाल भने चार अङ्कविहीन हुँदै पुछारमा रहेको छ। 

यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।

अब नेपालले विश्वकप छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार