नेपाली महिला टोलीले कसरी खेल्दै छ तेस्रो पटक एसिया कप ?

मंगलबार, चैत १३, २०८०

नेपाली महिला क्रिकेटले तेस्रो पटक एसिया कप खेल्ने भएको छ । मंगलबार एसीसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले आउँदो जुलाईमा हुने महिला एसिया कप खेल्ने भएको हो । 

गत प्रिमियर कपमा फाइनल पुग्न असफल भएको नेपाल एसीसीले ८ टोलीको तालिका सार्वजनिक गरेसँगै एसिया कपमा समावेश भएको छ । यसअघी प्रिमियर कपको फाइनल खेल्ने एसिया कपमा समावेश हुने नियम रहेको थियो । 

नेपाल भारत र पाकिस्तान तथा युनाइटेड अरब इमिरेट्स (यूएई) को समूह ‘ए’ मा छ । नेपालले पहिलो खेल जुलाई १९ मा पाकिस्तान, दोस्रो खेल जुलाई २२ मा यूएई र तेस्रो खेल भारतसँग जुलाई २३ मा खेल्नेछ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्