चक्रपथ क्षेत्रमा काठमाडौं महानगरले राखेका नौ बोर्ड चोरी भए, बालेनलाई बोधार्थ लेखेर प्रहरीमा उजुरी

मंगलबार, चैत १३, २०८०

काठमाडौं– चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म सडक निर्माणस्थलमा काठमाडौं महानगरपालिकाले राखेका नौ बोर्ड चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ। 

महानगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डेले जिल्ला प्रहरी परिसरलाई पत्र लेख्दै चोरी भएका बोर्ड खोजिदिनका लागि उजुरी गरेका छन्। 

महानगर प्रमुख मेयर बालेन्द्र साह (बालेन)लाई समेत बोधार्थ गरी पाण्डेले ‘चक्रपथ सुधार आयोजना दोस्रो फेज (कलंकी महाराजगञ्ज)को सडक निर्माण २०१५ अप्रिलमा सकिनुपर्ने भए पनि अहिलेसम्म काम जारी रहेको र त्यो महानगरको मातहतमा नपर्ने भनी राखिएको बोर्ड चोरी भएको’ भनी उजुरी गरेका हुन्। 

उक्त सडक चीनको सांघाई कन्ट्रक्शन र भौतिक निर्माण मन्त्रालयको सम्झौताका आधारमा निर्माण सकिनुपर्ने भए पनि अहिलेसम्म नसकेका कारण महानगरपालिकामा आम साधारणले चासोका साथ राखिएपछि जानकारीका लागि बोर्ड राखिएको थियो। 

यस्तो छ उजुरी 

ujuri-1711444780.jpg

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्