नेपाल र बहराइन भिड्दै आज

मंगलबार, चैत १३, २०८०

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा आज नेपालले बहराइनसँग खेल्दै छ । नेपाली समय १२:४५ देखि सुरु हुने खेलमा नेपालले बहराइनसँग दोस्रो खेल खेल्न लागेको हो । 

बहराइनसँगको पहिलो खेलमा नेपाल ५-० ले पराजित भएको थियो । दशरथ रंगशालाको खराब अवस्थाका कारण नेपालमा हुनुपर्ने खेल बहराइनमा खेलाइएको थियो । 

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको यात्रा लगभग समाप्त भइसकेको छ । नेपाल ३ खेल खेलेर सबैमा हार खेप्दै टेबलको अन्तिमा रहेको छ । यस्तै, युएइ सबै खेल जितेर टेबलको प्रथम स्थानमा रहेको छ । बहराइन दोस्रो र एमन तेस्रो स्थानमा रहेको छ । 

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्