घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

मंगलबार, चैत १३, २०८०

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्