लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष खड्कासहित ५ जना भ्रष्टाचारमा दोषी ठहर

मंगलबार, चैत १३, २०८०

काठमाडौं - रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्व अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिखु तामाकोशी गाउँपालिकाका केही वडामा विजुली ल्याउन भएको विद्युत सामान खरिद अनियमिततामा भ्रष्टाचार भएको भन्दै २७ जनालाई मुद्दा चलाएकामा खड्कासहित पाँच जना दोषी ठहर भएका हुन् । अन्य २२ जनाले भने सफाइ पाएका छन् ।

विशेष अदालतले खड्कासहित राजु प्रसाद न्यौपाने, टंकप्रसाद चौलागाई, दुर्गा बहादुर तामाङ र नोर्बु लामालाई अदालतले दोषी ठहर गरेको हो । खड्कालाई १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ ।

त्यसैगरी न्यौपाने र चौलागाईको एकमा जनही ३ महिना कैद र ६३ लाख जरिवाना हुने भएको छ भने तामाङ र लामाको हकमा जनही ३ महिना कैद र रु ३१ लाख जरिवाना हुने भएको छ ।


 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्