बझाङमा १ बजेबाट मतगणना थालिने

आइतबार, वैशाख १६, २०८१

कैलाली- बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना १ बजेबाट सुरु हुने भएको छ । अहिले बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतगणना छविसपाथिभेरा गाउँपालिकाबाट सुरु गर्ने समेत निर्णय भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले थप आवश्यक आचारसंहितामा समेत बनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्