आयरल्यान्डविरुद्ध शृंखला : नेपाल ‘ए’ टोलीको घोषणा

आइतबार, चैत ११, २०८०

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग हुने शृंखलाका लागि नेपाल ‘ए’ को टोलीको घोषणा गरेको छ।विनोद भण्डारीको कप्तानीमा क्यानले टी-२० र एकदिवसीय शृंखला खेल्ने दुई फरक टोलीको घोषणा गरेको हो।

टोलीमा कप्तान विनोदसँगै, आरिफ शेख, देव खनाल, बसिर अहमद, कमलसिंह ऐरी र विकास आग्रीलगायत रहेका छन्। नेपाल ‘ए’ ले आयरल्यन्ड ‘ए’सँग चैत १५, १६ र १८ गते टी-२० तथा चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्नेछ।

यो शृंखलाअघि नेपालको सिनियर टोली र आयरल्यान्ड ‘ए’ बीच चैत भोलि र पर्सि (सोमवार र मंगलवार) टी-२० खेल हुनेछ।

तर भोलि पनि मौसममा सुधार आउने सम्भावना नरहेकाले नेपाल र आयरल्याण्डबीचको खेल प्रभावित हुने सम्भावना पनि उत्तिकै छ।


 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्