वी.पी. राजमार्गका ११ वटा होटेललाई जरिवाना

आइतबार, चैत ११, २०८०

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काभ्रेले वी.पी. राजमार्ग अन्तर्गत पर्ने विभिन्न होटेल, रेस्टुरेन्ट र खाद्यान्न पसलहरूको अनुगमन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको संयोजकत्वमा संयुक्त अनुगमन टोलीले जिल्लाको वी.पी. राजमार्ग अन्तर्गत पर्ने विभिन्न १३ वटा पसलहरूमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा चाउमिन, फ्यान्टा, कोकाकोला, सानो कोक, फ्रिजमा राखिएका विभिन्न प्रकारका तरकारीहरू, मासु, किमा, मःम, पकौडा, भुजिया, अखाद्य रङ्ग आदी अन्दाजी ११ हजार ५ सय बराबरको सामान जफत गरी नष्ट गरेको छ ।

उपभोक्ता हित विपरीत कार्य गर्ने ११ वटा होटेललाई ८५ हजार रुपैयाँ जरिवानासमेत गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्