इलाम-२ मा बिहान ७ बजेदेखि मतगणना गरिने

आइतबार, वैशाख १६, २०८१

काठमाडौँ - प्रतिनिधि सभा उपचुनावअन्तर्गत इलाम-२ को मतगणना अहिले बिहान ७ बजेबाट सुरु हुँदै छ। शनिबार भएको चुनावमा मतपेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने छ। त्यसपछि मतगणना आरम्भ हुने उनले बताए। संविधान सभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम-२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो।

यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खसेको बताए। इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइसकिएको छ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्