१६ जना चालकसहित २२५ मोटरसाइकल प्रहरी नियन्त्रणमा

आइतबार, चैत ११, २०८०

काठमाडौँ- मादक पदार्थ सेवन गरेर चलाइएका २२५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर होल्ड गरेको छ । दिउँसोसम्ममा काठमाडौँ उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँहरूमा गरेर २२५ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

‘उपत्यकाका तीन जिल्लाहरू (काठमाडौं, ललितपुर र भक्तपुर) का विभिन्न ठाउँहरूमा २५ थान मोटरसाइकल होल्ड गरिएको छ ।नियन्त्रणमा लिइएका मोटरसाइकलका चालकहरूले मादक पदार्थ सेवन गरेर चलाएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साँझ मात्रै मोटरसाइकल धनीहरूलाई जिम्मा लगाइने बताइएको छ । 

त्यसैगरी हो-हल्ला गर्दै हिँड्ने र उच्छृङ्खल गतिविधि गर्ने १६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्