सीआईबीका ४ इन्स्पेक्टरको सरुवा

आइतबार, चैत ११, २०८०

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत ४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ ।

प्रहरी निरीक्षकहरु सुरेश खत्री, रञ्जित लामा, वकिल सिंह र कृष्ण श्रेष्ठको सरुवा गरिएको हो । खत्री र लामालाई प्रहरी प्रधान कार्यालय, सिंहलाई सशस्त्र प्रहरी गण नम्बर १ र श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सीआईबीमा भने प्रहरी निरीक्षकहरु राजु अधिकारी र गजेन्द्र रावललाई लगिएको पनि जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्