माओवादी केन्द्रको जागरण अभियान स्थगित

बिहीबार, चैत ८, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को जागरण अभियान स्थगित भएको छ । पार्टीको ६ चैतमा बसेको पदाधिकारी बैठकले उक्त अभियान स्थगित गर्ने निर्णय भएको सर्कुलर जारी गरेको छ ।

‘पार्टीको पूर्व निर्धारित तराई-मधेश जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल-पहाड-तराई-मधेश राष्ट्रिय एकता अभियानका कार्यक्रमहरू तयारीको कमीका कारण हाललाई स्थगित गरिएको छ’, जारी सर्कुलरमा भनिएको छ ।

 

राई मधेश जागरण अभियान चैत १५ देखि चैत मसान्तसम्म र हिमाल–पहाड-तराई-मधेश राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन गर्ने तयारी थियो ।

माओवादी केन्द्रले ती अभियान स्थगित गरी सबै प्रदेश, जिल्ला, पालिका, वडा र टोल स्तरमा पार्टीका बैठकहरू आयोजना गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र जनसेवासम्बन्धी कामहरू गर्ने निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्