काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी

बुधबार, चैत ७, २०८०

काठमाडौं -  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी लिनेगरी योजना बनाउन लागेको छ ।

“आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्षको वैशाख १० गतेभित्रै खुला हुन्छ,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, “सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ ।”

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ।

त्यहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवम् गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्