नेपाल र मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी

आइतबार, वैशाख १६, २०८१

काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यो सम्झौता कार्यान्वयनमा आएपछि नेपाल र मलेसिया बीच व्यापार तथा लगानी प्रवर्द्धन हुनेछ ।

समझदारी पत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्