नेपालमा डाटा सेन्टर स्थापना गर्न भारतीय कम्पनीसँग सम्झौता

आइतबार, वैशाख १६, २०८१

काठमाडौँ- बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ।

डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाको लागि दुई पक्षीय सम्झौता भएको हो।

बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन्। योटा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

डेटा सेन्टर स्थापनाको लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने बताइएको छ। यद्यपि लगानी सम्मेलनमा यस विषयमा खुलाइएको छैन।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्