सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन, कैफियतमा देखिए अनुसन्धान हुन्छः प्रधानमन्त्री

मंगलबार, चैत ६, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराको सूर्यदर्शन सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन्। 

प्रतिनिधि सभामा बुधबार प्रश्नोत्तरमा सहभागी भएका उनले नेपाली कांग्रेसले उठाएको मागको सम्बोधनका क्रममा अदालतमा भएको मुद्दामा लामिछानेको नाम नरहेको बताए। तर, जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको पूरक उजुरीमा नाम भए पनि त्यो दर्ता नभएको बताए। 

यद्यपि, कैफियतमा कतै त्यस्तो संलग्नता देखिएको खण्डमा लामिछानेमाथि पनि अनुसन्धान हुने बताएका प्रधानमन्त्री प्रचण्डले अनावश्यक राजनीतिकरण नगर्नका लागि अपिल गरेका थिए।
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार