बोनस सेयरमा लाग्ने कर जम्मा गर्न सेयरधनीलाई हिमालयन लाइफ इन्स्योरेन्सको आग्रह

मंगलबार, चैत ६, २०८०

  काठमाडौं - हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई बोनस सेयरमा लाग्ने करवापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।


कम्पनीले मंगलबार सूचना जारी गर्दै साविकको गुँरास लाइफको आर्थिक वर्ष २०७७/७८ र साविकको यूनियन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ का लागि पारित क्रमश १३.२७ र ८.९७ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।

बुक क्लोज भएको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले बोनस सेयरमा लागने कर बापतको रकम  केही सेयरधनीले अहिलेसम्म नतिरेकाले कम्पनीले उक्त रकम तिर्न आग्रह गरेको छ ।

सेयरधनीले उक्त रकम कम्पनीको खाता रहेको नेपाल इन्भेष्टमेष्ट बैंक वा कनेक्ट आइपीएसमार्फत जम्मा गर्न सक्नेछन् । कम्पनीका अनुसार रकम जम्मा गरेपछि मात्रै बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिने छ ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्