पक्राउ परेका महरालाई काठमाडौं ल्याइयाे

सोमबार, चैत ५, २०८०

काठमाडौं- सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । 

रुपन्देहीको भैैरहवाबाट सोमबार पक्राउ परेका उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । 

६० किलो सुन तस्करीमा संलग्न देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्