गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा पदभार ग्रहण

आइतबार, चैत ४, २०८०

काठमाडौँ - गण्डकीका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो पदभार ग्रहण गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डिल्लीराज भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेका हुन् । गत फागुन २८ गते नियुक्त हुनुभएका प्रदेश प्रमुख भट्ट शनिबार पोखरा आएर आज पदभार समालेका हुन्। 

    सो अवसरमा उनले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने बताए । उनले भने, “ संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु ।” उनलाई गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, विपक्षी दलका नेताहरूले स्वागत गरेका थिए ।

 मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई जानकारी  गराएका थिए ।  गण्डकीको संस्थापक प्रदेश प्रमुख बाबुराम कुँवर हुन् । यसपछि अमिक शेरचन, सीता पौडेल र पृथ्वीमान गुरुङले गण्डकीको प्रदेश प्रमुखका रूपमा नेतृत्व प्रदान गरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्