रोनाल्डोको गोलमा अल नासर विजयी

शनिबार, चैत ३, २०८०

काठमाडौं- साउदी प्रो लिग अन्तर्गत अल नासर ले अल अहली साउदीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अहलीलाई १-० गोल अन्तरले पराजति गरेको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ६८औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो जितपछि अल नासरको २४ खेलमा ५६ अंक भएको छ । अल नासर शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलाल एक खेल कम खेलको छ ।

त्यसैगरी अल अहलीको २४ खेलमा ४७ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्