हामी शक्ति राष्ट्रको नियन्त्रणमा छौंः चित्रबहादुर केसी

बिहीबार, चैत १, २०८०

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको अर्थतन्त्र कमजोर भएका कारण पश्चिमाहरूको प्रभाव रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै उनले निरंकुश पञ्चायतकालमा बरु नेपाल अहिलेभन्दा आत्मनिर्भर रहेको बताएका हुन् ।

उद्योगधन्दा र कलकारखाना अहिलेभन्दा धेरै रहेको उल्लेख गर्दै सांसद केसीले त्योबेला स्वास्थ्य र शिक्षाको जिम्मा पनि धेरै हदसम्म राज्यले लिएको बताए । तर पश्चिमाहरूले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निजीकरणको अवधारणा संसारभर फैलाएको र नेपाल पनि प्रभावित भएको केसीले बताए ।


‘जब पश्चिमाहरूले सरकारले त्यो देशको जनताको शिक्षा, स्वास्थ्य, रोजगारीको जिम्मा लिन हुन्न, त्यो व्यापारीलाई दिने भने । नेपालको अहिलेको अर्थतन्त्रको अवस्थाको मुख्य सैद्धान्तिक कारण यहाँनेर छ’, उनले भने । पश्चिमाहरुको प्रभावका कारण नेपाल अहिले पनि अर्ध औपनिवेशिक अवस्थामा रहेको सांसद केसीले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १९:३८
प्रतिक्रिया दिनुहोस्