सुन तस्करीको प्रतिवेदन अध्ययनपछि गृहमन्त्रीले किन भेटे प्रधानमन्त्री

बिहीबार, चैत १, २०८०

काठमाडौँ- सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

लामिछानेले प्रतिवेदन अध्ययन गरेर प्रधानमन्त्रीसँग भेट गरेको गृहमन्त्रीको सचिवालयले बताएको छ । लगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)वसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएका छन् । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले बिहीबार बिहान आफ्नो प्रतिवेदन बुझाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट उन्मुक्ति पाएकाहरूबारे आयोगले अध्ययन गरेको थियो । त्यसरी प्रहरी कारबाहीमा छुटेकाहरूलाई कतिपयलाई मुद्दा चलाउन सिफारिस, कतिपय प्रहरीलाई विभागीय कारबाहीका लागि सुझाइएको आयोगको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्